+
+

गुल्मीमा एक पुरुष मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १८:३२

२४ चैत, गुल्मी । गुल्मीमा एक जना मृत फेला परेका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका- ७ का ६४ वर्षका छविलाल सुनार मुसिकोट नगरपालिका- ५ झक्कले भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठले बताए ।

सुनार चैत २२ गते घरबाट चन्द्रकोट गाउँपालिका- ८ झुर्मकर्मदिपस्थित आफ्नी दिदीको घरमा पूजामा हिडेका थिए ।

झक्कले स्थित आँपको रुख मुनि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?