+
+

त्रिविको नतिजा २४ घन्टासम्म अनलाइनमा आएन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १९:१७

२४ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७८ सालमा सञ्चालन गरेको ४ वर्षे बीएड तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको २४ घन्टासम्म विद्यार्थीले हेर्न पाएका छैनन् ।

परीक्षा नियन्त्रण कार्यालयले विहीबार नै नतिजा सार्वजनिक भएको सूचना जारी गरेपनि २४ घण्टासम्म अनलाइनमा नतिजा अपलोड नगर्दा विद्यार्थीले नतिजा हेर्न नपाएका हुन् ।

एक वर्षपछि सार्वजनिक भएको भनिएको नतिजा हेर्न नपाउँदा मानसिक तनाव बढेको मिन्मा राई बताउँछिन् । मिन्मा भन्छिन् ‘एक वर्षपछि हिजो नतिजा आयो भन्यो तर अहिलेसम्म अनलाइनमा हेर्न पाएको छ ।’

विद्यार्थी प्रमिला बस्नेतले त्रिविको लापरबाही धेरै भएकाले सरकारले त्रिवि कर्मचारीहरु माथि छानबीन गर्नुपर्ने बताउँछिन् । उनी भन्छिन् ‘लापरबाही अति नै छ । सकारले त्रिवि कर्मचारीहरु माथि निगरानी मात्रै होइन छानबिन नै गर्नुपर्छ ।’

परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक डा. घनश्याम ठाकुर भने सिस्टम ह्याङ भएकाले समय लागेको जवाफ दिन्छन् ।

‘हामीले हिजै नतिजा दिइसकेका छौं । किन भएन भन्दा सिस्टम ह्याङ भो भन्ने छ । अब त भयो होला । नभए केही घन्टा भित्रै भइहाल्छ’, उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?