+
+

मुकुन्द न्यौपानेले त्यागे एकीकृत समाजवादी, एमाले जाने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते १८:५२

२५  चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ नेता न्यौपानेले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन् ।

एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको, अवसरवादमा लिप्त भएको उनको आरोप छ ।

सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै पार्टीमा रहेको उनको दाबी छ ।

माघ २०७९ मा बसेको केन्द्रीय समितिको बैठकमा आफूले राखेको फरक मतबारे कुनै छलफल नभएको भन्दै उनले अघि भने, ‘यस्तो पार्टीको सदस्य भएर बस्नुभन्दा देशको असल नागरिक भएर बस्ने सोचेँ ।’

उनले देशभरका नेता कार्यकर्ता समेटेर एमालेमा समाहित हुने तयारी रहेको समेत जानकारी दिए । सम्मानित पद दिए एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल समेत एमालेमा नै फर्किने मनस्थितिमा रहेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?