+
+

निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घरहरू भासिए

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते १५:३९

२५ चैत, काठमाडौं । ललितपुरको बखुण्डोलमा निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घर भासिएको छ । अपार्टमेन्ट वरपरका घर शुक्रबार राति भासिएपछि स्थानीयबासिन्दा भागाभाग भएका थिए । भागदौडका क्रममा कतिपय घाइते भएका छन् ।

एक तला जति घरहरु भासिएका छन् । केही घर क्षतिग्रस्त भएका छन् भने केहीको एकतला जति भासिएको छ । आफूहरुसँग अनुमति नलिई अपार्टमेन्ट बनाउन सुरु गरेको स्थानीयबासिन्दाको आरोप छ । उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था मिलाउन माग गरेका छन् ।

ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन ।

शनिबार बिहान भासिएको घरहरुको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग कुरा गरेको भन्दै उनले स्थानीयलाई न्याय दिन आफू लागिपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?