+
+

कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १७:२९

२६ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ ।  सरकारमा सहभागी ३ जना मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री शर्मालाई भेटेर राजीनामा बुझाएका छन् ।

गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो ।

केन्द्रीय समीकरण अनुसार कर्णाली पनि नेपाली काँग्रेस सरकारमा जाने भएपछि एमाले सरकारबाट बाहिरिएको हो ।

४० सदस्यीय कर्णली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्र १ र १ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?