+
+

बागमती सरकारमा कांग्रेस सहभागी हुने, आज २ मन्त्रीले शपथ खाँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १७:५९

२६ चैत, हेटौंडा । बागमती प्रदेश सरकारमा आइतबार नेपाली कांग्रेस सहभागी हुने भएको छ ।

कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा र प्रदेशसभा सदस्य तीर्थ लामाले आइतबार साँझ मन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ ।

बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना र तीर्थ लामाले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय सम्हाल्ने कांग्रेस स्रोतले जनाएको छ ।

बागमतीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले भने मन्त्रिपरिषदमा नाम पठाएको छैन ।

एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि ७ वटा मन्त्रालय खाली छ । कांग्रेस नेताहरु सहभागी भएपछि पनि ५ मन्त्रालय मुख्यमन्त्रीसँगै रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?