+
+

पहिचानका आधारमा फेरि नामांकनको माग गर्दै सभामुखलाई ज्ञापन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १८:३६

२६ चैत, विराटनगर । प्रदेशको नामका विरुद्ध आन्दोलनरत पहिचान पक्षधरले पहिचानको आधारमा कोशी प्रदेशको नामांकन फेरि गर्न माग गर्दै प्रदेश सभामुखलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रदेश १ पुनः नामकरण संघर्ष समितिले कोशी प्रदेशका सभामुख बाबुराम गौमतलाई ज्ञापनपत्र बुझाएको हो  ।

गत फागुन १७ गते भूगोलका आधारमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरहरु आन्दोलनमा छन् ।

पहिचान पक्षधरको आन्दोलनका क्रममा गत चैत ५ गते  घाइते भएका पदम लिम्बूको मृत्यु भएको थियो । लिम्बूलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरिसकेको छ ।

आइतबार पहिचान पक्षधरले ज्ञापन पत्र बुझाउँदै माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

ज्ञापनपत्र बुझ्दै सभामुख गौतमले  फेरि नामांकनको ढोका खुला नै रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?