+
+

बारा २ मा सीके राउतले सुरु गरे ‘स्वाभिमान यात्रा’

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते २०:२८

२६ चैत, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्वाभिमान यात्रा नामक नयाँ अभियान सुरु गरेका छन् । १० वैशाखमा उपनिर्वाचन हुने बारा २ बाट आइतबार उनले स्वाभिमान यात्रा नाममा अभियान सुरु गरेका हुन् ।

अभियानमा बारा–२ का उम्मेदवार शिवचन्द्र कुशबाहा र स्थानीय नेता तथा कार्यकर्ता सहभागी छन् । जनमत पार्टीका नेता बीपी साहका अनुसार ‘स्वाभिमान यात्रा’ बारा–२ का सबै स्थानीय तहहरुमा पुग्नेछ ।

‘स्थानीय जनताको स्वभिमानको रक्षार्थ स्वाभिमान यात्रा सुरु गरिएको हो’, नेता साहले भने, ‘स्थानीय जनताको भावना र चाहना विपरीत पछिल्ला चुनावहरुमा बाहिरका उम्मेदवारहरु आएर चुनाव लड्ने गरेको देखिन्छ । त्यसकारण यसपटक स्थानीय जनताको स्वाभिमान रक्षाका लागि जनमत पार्टीले स्वाभिमान यात्रा निकालेको हो ।’

बारा–२ मा बाहिरका नेताहरु गएर चुनावमा उठ्ने गरेको र चुनाव जितेपछि फरार हुने गरेको समस्याले गर्दा यस क्षेत्रमा विकास हुन नसकेको नेता साह बताउँछन् । आइतबार जनमत पार्टीले कोल्हवी नगरपालिका र करैयामाई गाउँपालिकामा यात्रा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?