+
+

दुर्घटनामा छोरीको मृत्यु, बुवा घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते ८:०९

२७ चैत, जनकपुरधाम । सप्तरीमा कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ९ बगाटोलका ३६ वर्षीय ध्रुव बस्नेतका १० वर्षीया छोरी एन्जिला बस्नेत छिन् । मृतक बालिकाका बुवा मोटरसाइकल चालक ध्रुव गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारमा आइतबार दिउँसो बा ३ च ५२९३ नम्बरको कार र को १५ प १९१ नम्बरको मोटरसाइकलमा ठोक्किएका थिए ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार बाबु-छोरी सवार मोटरसाइकल कारमा ठोक्किएपछि ना६ख ९८५२ नम्बरको ट्रकमा पनि ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ध्रुव र एन्जिलालाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो । उपचारको क्रममा दिउँसो तीन बजे एन्जिलालाई डाक्टरले मृत घोषणा गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी सिंहले जानकारी दिए । उनका बुवा ध्रुवको भने उपचार जारी छ ।

कार, कार चालक, ट्रक र ट्रक चालकलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यायल सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?