+
+

ट्वीटरको लोगोमा आएको डोजेक्वाइन के हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते ९:०२

एलन मस्कले गतहप्ता एक्कासी ट्वीटरको लोगोमा रहेको निलो चरा हटाएर कुकुरको तस्वीर राखेसँगै त्यसले ठूलै तरंग ल्यायो । यद्यपि विनाकारण चरा हटाएर कुकुर ल्याएका मस्कले अहिले कुकुरलाई हटाएर पुरानै निलो चरालाई ट्वीटरमा पुनर्स्थापित गरिसकेका छन् ।

मस्कले ट्वीटरमा प्रयो गरेको सो कुकुरको नाम डोजे (Doge) हो । सोही कुकुरलाई उनले डोजेक्वाइन नामक क्रिप्टोकरेन्सीको लोगोमा प्रयोग गरेका छन् । अर्थात् कुकुरकै नामबाट सो क्रिप्टोकरेन्सी नामाकरण भएको हो ।

Dogecoin बिटक्वाइन तथा इथेरियम जस्तै एक क्रिप्टोकरेन्सी हो । यद्यपि डोजेक्वाइन सुरुमा क्रिप्टो करेन्सीका पारखीहरुमाझ निकै हल्का जोकको रुपमा तथा निकै लोकप्रिय मिमको रुपमा सिर्जना भएको थियो र पछि यहीँ नामबाट नयाँ क्रिप्टोकरेन्सी नै जन्मियो ।

के हो डोजेक्वाइन ?

सफ्टवेयर इन्जिनियर बिल्ली मार्कस र ज्याक्सन पाल्मरले सन् २०१३ मा Dogecoin को सिर्जना गरेका हुन् । उक्त क्रिप्टोकरेन्सीको लोगोलाई पाल्मरले तत्कालीन अवस्थामा लोकप्रिय मिमको रहेको रहेको Shiba Inu कुकुरको उपनाम अर्थात् Doge बाटै उनले डोजेक्वाइनको नाम र लोगो राखे ।

वास्तवमा Doge भन्ने शब्द त्यतिबेला बिटकवाइनमा मजाक गर्नका लागि प्रयोग हुन्थ्यो । सुरुवातका दिनहरुमा क्रिप्टो कम्युनिटीका सदस्यहरुले डोजेक्वाइनकेा प्रोफाइल बढाउनका लागि विभिन्न पब्लिसिटी स्टन्टहरु गरे । जसअन्तर्गत जमैकन बबस्लेघ टिमलाई सन् २०१४ को ओलम्पिक खेलमा सहभागी हुनका लागि आर्थिक संकलन गर्नेदेखि NASCAR ड्राइभरलाई प्रायोजन गर्ने सम्मका थिए ।

सन् २०२१ को मार्चसम्म आइपुग्दा डोजेक्वाइनको मूल्य ०.६८ डलर प्रतिक्वाइन पुगिसकेको थियो । टेस्ला सीईओ एलन मस्कले आफ्नो सबैभन्दा मनपर्ने क्रिप्टोकरेन्सी डोजेक्वाइन नै हो भनेपछि यसको मूल्य बढेको थियो । सन् २०२१ को मध्येसम्म आइपुग्दा डोजेक्वाइन विश्व क्रिप्टोकरेन्सी बजारमा शीर्ष ५ मा आइसकेको थियो ।

तर त्यसपछि भने डोजेक्वाइनको मूल्य निरन्तर ओरालो लाग्यो र सन् २०२२ को जूनमा त ०.०५ डलरमा झर्‍यो ।

पछिल्लोपटक जब एलन मस्कले डोजेक्वाइनको शिबु इनु अर्थात् Doge कुकुरलाई ट्वीटरको लोगो बनाए यसको बजार मूल्यमा ४ अर्ब डलरले वृद्धि भयो र डोजेक्वाइन पुनः विश्वका टपटेन क्रिप्टोकरेन्सीको रुपमा पुनरागमन गर्‍यो ।

डोजेक्वाइनले कसरी काम गर्छ ?

अन्य क्रिप्टोकरेन्सीहरु जस्तै डोजेक्वाइन पनि आफ्नै ब्लकचेनमा चल्दछ । डोजेक्वाइनको डिजिटल लेजर निरन्तर सबै नयाँ ट्रान्जेक्सन सँगै अपडेट भैरहेको हुन्छ । साथै सबै कारोबारलाई सुरक्षित राख्नका लागि यो नेटवर्कमा क्रिप्टोग्राफीको प्रयोग गरिएको हुन्छ ।

डोजेक्वाइन ब्लकचेनले proof of work consensus संयन्त्र प्रयोग गरेको हुन्छ जहाँ माइनिंग गर्नेहरुले कारोबार प्रोसेस गर्नका लागि कम्प्युटर प्रयोग गरी जटिल गणितीय समिकरणहरु हल गर्दछन् र त्यसलाई ब्लकचेनमा रेकर्ड गर्दछन् । यस्तो समस्या समाधान गरी ब्लकचेनलाई सहयोग गरेबापत माइनिंग गर्नेहरुले अतिरिक्त डोजेक्वाइन प्राप्त गर्दछन् जसलाई उनीहरुले आफूसँगै राख्न वा बजारमा बेच्न पनि सक्दछन् ।

डोजेक्वाइनलाई अन्तर्राष्ट्रिय बजारमा भुक्तानी तथा खरिदमा प्रयोग गर्न सकिन्छ । तर यो मूल्य सञ्चितीको कुनै प्रभावकारी माध्यम भने होइन । किनकि क्रिप्टोकरेन्सी यसको डिजाइनका कारण नै निकै उच्च रुपमा अवमूल्यनयुक्त छ ।

ब्लकचेनले यसका माइनर्सलाई पुरस्कृत गर्नका लागि दिनहुँ दशौं लाख नयाँ डोजेक्वाइन सिर्जना गरिरहेको हुन्छ । त्यसैले लामो समयसम्म डोजेक्वाइन राख्दा यसबाट भविष्यमा कति रकम नाफा हुन्छ भनेर अनुमान गर्न निकै गाह्रो हुन्छ । फोर्ब्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?