News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी सुवास खकुरेल लुम्बिनी लायन्सको सहायक प्रशिक्षक नियुक्त भएका छन्।
- खकुरेलले लगभग साढे ३ वर्षपछि नेपाली क्रिकेटमा कमब्याक गर्दै आफूलाई सुनौलो अवसर भएको बताए।
- एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि सुरु हुँदैछ र लुम्बिनीले विदेशी खेलाडी डार्शी शर्ट र थोमस ड्राका अनुबन्ध गरिसकेको छ।
१२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी सुवास खकुरेल नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।
लुम्बिनीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो । खकुरेल नेपालका लागि टी-२०आईमा अर्धशतक बनाउने पहिलो खेलाडी हुन् । उनले सन् २०१४ को टी-२० विश्वकप खेलेका थिए ।
लुम्बिनीसँग जोडिन पाउँदा उत्साहित रहेको उनले बताएका छन् । ‘धेरै खुसी छु, लगभग साढे ३ वर्षपछि नेपाली क्रिकेटमा कमब्याक गर्दै छु, मेरा लागि सुनौलो अवसर पनि हो’ खकुरेलले भने, ‘म सधैं कोचिङ स्टाफका रूपमा काम गर्न पनि मन थियो र त्यो पूरा पनि भएको छ।’
लुम्बिनीले विदेशी खेलाडीहरूमा अस्ट्रेलियाका डार्शी शर्ट र इटालीका थोमस ड्राका अनुबन्ध गरिसकेको छ ।
लुम्बिनीले गत सिजनका मार्की तथा कप्तान रोहित पौडेलसँगै सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारीलाई रिटेन गरेको छ ।
अक्सनबाट दिलिप नाथ, विशाल पटेल र शेर मल्ललाई अनुबन्ध गर्दा विश लिस्टबाट दुर्गेश गुप्ता र आदिल खान अनुबन्ध गरेको छ ।
एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि सुरु हुँदैछ ।
 
                    










 २०८२ कात्तिक  १२ गते २२:१०
                        २०८२ कात्तिक  १२ गते २२:१०                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4