+
+

अमृतपाल सिंहका सहयोगी पापलप्रित सिंह पञ्जाबबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १५:३८
पापलप्रित सिंह (बायाँ) र अमृतपाल सिंह ।

२७ चैत, काठमाडौं । भारतमा ‘खालिस्तान’ राज्यको छुट्टै माग गर्दै अभियान चलाएको आरोपमा प्रहरीले खोजी गरिरहेका अमृतपाल सिंहका पापलप्रित सिंह पञ्जाबबाट पक्राउ परेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सिंहलाई पञ्जाबको होशियारपुरबाट प्रहरीले पक्राउ गरेको हो । भारतीय पत्रिका द हिन्दुको अनलाइन संस्करणमा प्रकाशित समाचाका अनुसार सिंहलाई पञ्जाब प्रहरी र पञ्जाब काउन्टर इन्टेलिजेन्सको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ परेका सिंहलाई अमृतसर ग्रामीण प्रहरीको हिरासतमा राखिएको जनाइएको छ ।

पापलप्रितविरुद्ध गत १३ फागुनमा भएको अजनाला हिंसाको मुद्दामा समेत एफआईआर दर्ता भएको थियो ।

भारतले खालिस्तान अभियानका मुख्य व्यक्ति अमृतपाल सिंह नेपालमा रहेको आशंकामा सर्तक रहन आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?