+
+
Shares

‘प्रसाद २’ को रिलिजका लागि बाटो खुला, उच्च अदालतले दिएन अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १७:३०
प्रसाद २ को एक दृश्य

२७ चैत, काठमाडौं । फिल्म ‘प्रसाद २’ को रिलिज हुने बाटो खुलेको छ । उच्च अदालत पाटनले उक्त फिल्मको रिलिज रोक्न केशव पाण्डेले गरेको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले केशव पाण्डेले निर्माता सुवास थापासँग भएको करार कार्यान्वयनका लागि अरु कानुनी बाटो अपनाउन सक्ने तर चलचित्रको प्रदर्शन रोक्न नमिल्ने आदेश दिएको चलचित्र विकास बोर्डका अधिवक्ता ताराकुमार श्रेष्ठले जानकारी दिए ।

‘रिटबाट चलचित्र प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टिले उपयुक्त नदेखिएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनुपरेन’ उच्च अदालतको आदेशमा भनिएको छ ।

यसअघि प्रसाद २ को प्रदर्शन २४ चैतमा हुने तय भएको थियो । तर केशव पाण्डेले दायर गरेको रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेका कारण प्रदर्शन रोकिएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?