+
+

लिग नगर्ने एन्फासँग बी डिभिजन क्लबले मागे क्षतिपूर्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते २०:३२

२७ चैत, काठमाडौं। निर्धारित समयमा शहीद स्मारक लिग सन्चालन गर्न नसकेपछि बी डिभिजन क्लबहरुले क्षतिपूर्ति माग गरेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले चैत १५ गतेदेखि बी डिभिजन लिग सञ्चालन गर्ने घोषणा गरेको थियो ।

समयमा लिग सञ्चालन गर्न नसकेको तर लिगका लागि आफूहरुले तयारी गरिसकेकाले कम्तिमा ४५ दिनको क्षतिपूर्ति माग गरिएको छ । सोमबार सबै १४ क्लवका प्रतिनिधिले हस्ताक्षर गरिएको पत्र एन्फाका बुझाइएको छ ।

लिगको पूर्वनिर्धारित मितिमा चैत १५ गते एन्फा प्रतिनिधि र बी डिभिजन क्लवका प्रतिनिधिबीच छलफल भएको थियो । त्यो छलफलमा चैत १८ गते बस्ने एन्फा कार्यसमितिको बैठकमा क्षतिपूर्तिबारे निर्णय गर्ने आश्वासन पाए पनि सो अनुसार निर्णय नभएको क्लवहरुको मागपत्रमा उल्लेख छ ।

हेर्नुहोस् बी डिभिजन क्लबहरुले क्षतिपूर्तिका लागि लेखेको पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?