+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

फागुनमा घट्यो महँगी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १५:४६

२८ चैत, काठमाडौं । समग्र बजार महँगीदरमा अघिल्लो महिनामा भन्दा सुधार भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ८ महिनाको वित्तीय विवरणअनुसार माघ महिनाको तुलनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ओरालो लागेको हो ।

खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिमा राम्रो सुधार देखिए पनि गैरखाद्य तथा सेवातर्फको महँगी भने झिनो मात्रै सुधार देखिएको छ । फागुन महिनासम्म समग्र मुद्रास्फीति ७.४४ प्रतिशतमा झरेको छ । माघ महिनामा यस्तोदर ७.८८ प्रतिशत थियो । तर गत वर्ष फागुनसम्म यस्तो दर भने ७.१४ प्रतिशत थियो ।

अघिल्लो महिनाको तुलनामा खाद्य तथा पेय पदार्थको समग्र मुद्रास्फीति ६.१९ प्रतिशतबाट घटेर ५.६४ प्रतिशतमा सीमित भएको छ । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा झण्डै २ प्रतिशतले कम हो । गत वर्ष खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ७.५१ प्रतिशत थियो । यस्तै गैर खाद्य तथा सेवातर्फको मुद्रास्फीति भने गत वर्षको तुलनामा २ प्रतिशतले उच्च रहेपनि यस्तो दरमा गत महिनामा भन्दा सुधार आएको छ । माघमा गैर खाद्य तथा सेवाको मुद्रास्फीति ९.२२ प्रतिशत थियो ।

समीक्षा महिनामा खद्य तथा पेय पदार्थ समूह अन्र्तगत खाद्य तथा खाद्यजन्य पदार्थको वार्षिक विन्दुगत मूल्य सूचकांक १४.३५ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको खानाको १४.३५ प्रतिशत, मसलाको १०.८८ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गैर खाद्य तथा सेवा समूह अन्र्तगत यातायात उपसमूहको मूल्य सूचकांङ्क १३.२३ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायससी उपकरण ८.७९ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.९५ प्रतिशत, तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । गत वर्ष फागुनमा काठमाडौं उपत्यकामा मुद्रास्फीति ६.६७ प्रतिशत, तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत थियो । २०७९ फागुनमा वार्षिक थोक मुद्रास्फीति ७.१० प्रतिशत रहेको छ । गत वर्ष सोही अवधिमा थोक मुद्रास्फीति १३.१३ प्रतिशत थियो । समीक्षा महिनामा उपभोग्य वस्तु २.१९ प्रतिशत, मध्यवर्ती वस्तुको १०.३३ प्रतिशत र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि ४.९६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामाग्रीको थोक मूल्यवृद्धि ६.५८ प्रतिहत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?