+
+

सिटीले बायर्नलाई हरायो, हालान्डको कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते ६:३५

२९ चैत, काठमाडौं । एर्लिङ हालान्डले एकै सिजन सर्वाधिक गोल गर्ने प्रिमियर लिगको खेलाडीको कीर्तिमान बनाउँदा म्यानचेष्टर सिटीले च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा बायर्न म्युनिखलाई ३-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा प्राप्त यस जितपछि सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

खेलमा तेस्रो गोल गरेका हालान्डले एकै सिजन ४५ गोल गरेर कीर्तिमान बनाए । उनले प्रिमियर लिग खेल्ने खेलाडीमध्ये एकै सिजन धेरै गोल गर्ने मीर्तिमान बनाएका हुन् । यसका लागि मोहमद सलाहा र रुड भान निस्टोरलयको कीर्तिमान तोडे । दुवैले एकै सिजन ४५ गोल गरेका थिए ।

घरेलु मैदान एतिहाड मैदानमा रोड्रीले २७औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ७०औं मिने६मा बर्नानर्डो शिल्भाले गोल गर्दै अग्रता दोब्बर पारे । हालान्डले ७६औं मिनेटमा गोल गरेका थिए ।

अब अप्रिल १८ मा सिटीले बायर्नको मैदानमा दोस्रो लेग खेल्नेछ ।

यस्तै अर्को खेलमा इन्टर मिलानले वेनफिकालाई २-० ले हरायो । वेनफिकाको मैदानमा इन्टरका लागि निकोलो बरेलाले ५१औं र रोमेलु लुकाकुले ८२औं मिनेटमा गोल गरे । दोस्रो लेग अप्रिल १८ मा अप्रिल १८ मा इन्टरको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?