+
+

हिमालयन शेर्पाले एपीएफलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १७:१९

२९ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले बुधबार एपीएफ क्लबलाई ३-१ ले पराजित गरेको छ ।

च्यासल मैदानमा भएको खेलमा हिमालयनले एपीएफलाई ५-३ ले पराजित गरेको हो ।

रोमाञ्चक खेलमा हिमालयन शेर्पालले तीन गोलको अग्रता लिएपनि एपीएफले पुनरागमन गर्दै तीन गोल नै फर्काएको थथियो ।

तर त्यसपछि हिमालयन शेर्पाले दुई गोल गर्दै जित हात पारेको हो ।

सुदिप श्रेष्ठले आठौं मिनेटमै गोल गर्दै हिमालयनलाई अग्रता दिलाएका थिए । सत्यम शर्माले २४ र २८औं मिनेटमा गोल गरेपछि आधा घण्टामै हिमालयन शेर्पाले ३-० को अग्रता बनायो ।

तर एपीएफले पुनरागमन गर्‍यो । पहिलो हाफको इन्जुरी टाइममा एपीएफका अर्मान्ड बेउडोमले गोल गरे ।

सनिस श्रेष्ठले ४६औं र प्रदिप लामाले ६२औं मिनेटमा गोल गरेपछि एपीएफ खेल ३-३ को बराबरीमा पुर्‍यो ।

रोमाञ्चक बनेको खेलमा अबायोमी फाकुनलेले ७५औं र विश्वास श्रेष्ठले ८८औं मिनेटमा गोल गरेपछि हिमालयन शेर्पाले खेल ५-३ ले जितेको हो ।

सिजनको दोस्रो जितपछि ८ खेलबाट ९ अंक जोडेर हिमालयन शेर्पा १०औं स्थानमा उक्लेको छ । उता तेस्रो हार बेहोरेको एपीएफ ८ खेलबाट ११ अंकसहित आठौं स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?