+
+

मिस मगर इन्टरनेसनलको आवेदन खुला, जेठ २० मा ग्राण्ड फिनाले

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १७:२४

काठमाडौं । मिस मगर इन्टरनेसनलले प्रतियोगितामा सहभागी हुन चाहनेका लागि आवेदन आह्वान गरेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा वेबसाइट र सामाजिक सञ्जालमार्फत ‘पेजेन्ट’का लागि आवेदन दिन सकिने जानकारी गराइयो ।

आगामी वैशाख २३ गते प्रतियोगीको छनोट र जेठ २० गते फिनाले हुनेछ । आयोजक सुनगाभा नेपालले प्रतिस्पर्धामा भाग लिन केही सर्त राखेको छ । जसमा १८ वर्षदेखि २८ वर्ष उमेर समूहका मगर समुदायका युवतीले भाग लिन सक्नेछन् । न्यूनतम ५ फिट १ इन्च उचाइ हुनुपर्नेछ । ३० प्रतिशत भोटिङ र ३५ प्रतिशत निर्णायक र ३५ प्रतिशत ट्यालेन्टका आधारमा उत्कृष्ट प्रतियोगीको छनोट गरिने जनाइएको छ ।

विजेतालाई चार लाख रुपैयाँ र आधा तोला सुन, फस्ट रनरअपलाई तीन लाख रुपैयाँ र एक तोला चाँदी, सेकेण्ड रनरअपलाई दुई लाख रुपैयाँ र चाँदी, थर्ड रनरअपलाई एक लाख रुपैयाँ र एक तोला सुन, चौथो हुनेलाई ५० हजार रुपैयाँ र एक तोला चाँदी पुरस्कार प्रदान गरिने जनाइएको छ ।

गायक तथा डान्सर रमेशबाबु थापामगरले हराउँदै गएको मगर भाषा, संस्कृति, वेशभूषा, परम्परालाई चिनाउन पेजेन्ट गर्न लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?