+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्यूआरबाट भुक्तानी गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १७:५८

काठमाडौं । माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्यूआरबाट भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । यो सेवा सुचारु भएसँगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगायत स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन्।

रेमिट्याप वालेट मार्फत विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् ।

ईएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनन्सियल स्वीच मार्फत कारोबारको भुक्तानी तथा फर्स्यौट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?