+
+

चितवनमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १९:४६

२९ चैत, चितवन। चितवनको कालिका नगरपालिकामा बुधवार दिउँसो मोटरसाइकल र स्कुटर आपसमा ठोक्किदा खाँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ गल्छीका २१ वर्षीय राजकुमार ठकुरी रहेका छन् । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्करबाट मोटरसाइकल चालक फलेवास नगरपालिका-३ घर भई भरतपुर महानगरपालिका ११ विशालचोक बस्ने २३ बर्षका लालप्रसाद सुवेदी घाइते भएका छन् ।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कालिका नगरपालिका-२ को भित्री सडकमा लामाचोकबाट डेरी चोकतर्फ आँउदै गरेको ना.१५ प.३७७२ नम्बरको मोटरसाइकलले बा.प्र.०३-०४प ९५१७ नम्बरको स्कुटर एकलाई ठक्कर दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?