+
+

जिल्ला नगर उपाध्यक्षमा वैद्य र वस्तुगत उपाध्यक्षमा ढकाल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते ६:४३

३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । वैद्य रामचन्द्र संघाइ पक्षका र ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन् ।

वैद्य ४३ मत पाउँदै विजयी भए । अन्य प्रत्यासी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाएका छन् ।

यसैगरी वस्तुगत उपाध्यक्षमा विजयी ढकाल ६१ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले सात मत पाएको निर्वाचन समितिले जनाएको छ ।

एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् ।

अब वरिष्ठ उपाध्यक्ष पदको मत परिणाम आउन बाँकी छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

महासंघको ५७ औं वार्षिक साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उदघाटन गरेका थिए । नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?