+
+

महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्षमा सहमतिको प्रयास, निर्वाचन समय पछि धकेलियो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १४:२०

३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा सहमतिको प्रयास भएको छ । निवर्तमान अध्यक्ष, पूर्वअध्यक्षहरु र स्वयम् उम्मेदवारहरु बीच सहमतिको प्रयास भएका कारण निर्वाचन कार्यक्रम पनि पछि धकेलिएको हो ।

मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले सहमतिको प्रयास भन्दै निर्वाचन कार्यक्रम सार्न प्रस्ताव भएपछि २ बजेदेखि हुने दोस्रो चरणको निर्वाचन कार्यक्रम ४ बजेसम्मका लागि सरिएको छ ।

‘सहमति गर्ने भन्दै हामीसँग समय माग भयो । पूर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष र अब बन्ने अध्यक्षले पनि समय माग गर्नुभयो,’ पौडेलले भने, ‘हामी ढिलोमा ४ बजेसम्म समय दिन्छौं ।
त्यसबेलासम्म सहमति नभए निर्वाचन हुन्छ ।’

पहिलो चरणको निर्वाचनमा तीन जना वरिष्ठ उपाध्यक्ष पदका दाबेदार उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई कसैले पनि ५० प्रतिशत मतभार नपाए पछि धेरै मत ल्याएका दुई उम्मेदवार बीच पुनः मतदान गर्न लागिएको हो । उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दोस्रो चरणको निर्वाचका लागि प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?