
३० चैत, काठमाडौं । सरकारले मानपदमी, अलंकार र पदक वितरण गर्दा तीन वषको अवधिमा ३४ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ ।
महालेखा परीक्षकको कार्यालयका अनुसार आव २०७६/७७, आव २०७७/७८ र आव २०७८/७९ सम्म यो रकम खर्च भएको हो । यो तीन वर्षको अवधिमा सरकारले १५ सय ७३ जनालाई तक्मा बाँडेको छ । यसका लागि ३४ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । यसमध्ये २७४ जनाले तक्मा बुझेका छैनन् ।
विभूषण तयार गर्न लाग्ने लागत वर्षेनी बढ्दै गएको भन्दै महालेखाले लागतमा कमी ल्याउने तथा विभूषित हुने संख्या निश्चित गरी खर्च नियन्त्रण गर्न भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4