+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अनौपचारिक समारोहमा मर्यादाको ख्याल गर्नु नपर्ने व्यवस्थाका लागि संशोधन प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १८:५०

१ वैशाख, काठमाडौं । अनौपचारिक समारोहमा मर्यादाको ख्याल गर्नु नपर्ने व्यवस्थाका लागि संशोधन प्रस्ताव दर्ता भएको छ ।

राष्ट्रिय सभामा दर्ता भएको ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९’ मा औपचारिक र अनौपचारिक दुवै समारोहमा तय भएको मर्यादाको पालना गर्नुपर्ने उल्लेख छ ।

अनौपचारिक समारोहमा पनि मर्यादालाई बाध्यकारी बनाउने व्यवस्था उचित नरहेको भन्दै राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

प्रस्तावित विधेयकको दफा ४ मा मर्यादा सम्बन्धी व्यवस्था छ । दफा ४ को उपदफा (१) मा भनिएको छ, ‘नेपाल राज्य वा नेपाल सरकारका नाममा स्वदेश वा विदेशमा हुने औपचारिक वा अनौपचारिक समारोह वा प्रतिनिधिमण्डल, पत्राचार वा अन्य कुनै कामकाजमा निर्धारित मर्यादाको पालना गर्नु हरेक नागरिकको कर्तव्य हुनेछ ।’

यस प्रस्तावित व्यवस्थामा संशोधन हाल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले भनेकी छन्, ‘यस उपदफा (दफा ४ को उपदफा १) मा रहेको ‘अनौपचारिक’ भन्ने शब्द हटाउने ।’

‘सभामुख अगाडि प्रधानन्यायाधीस’

प्रस्तावित विधेयकले मर्यादामा सबैभन्दा माथि राष्ट्रपतिलाई राखेको छ । त्यसपछि उपराष्ट्रपति, प्रधानमन्त्री छन् ।

चौथो नम्बरमा प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्षलाई राखिएको छ भने पाँचौं नम्बर प्रधानन्यायाधीशलाई राखिएको छ ।

राष्ट्रिय सभा सदस्य डा.पौड्यालले सभामुख भन्दा अगाडिको मर्यादामा प्रधानन्यायाधीसलाई राख्नुपर्ने भन्दै संशोधन हालेकी छन् ।

उनको संशोधन प्रस्ताव छ, ‘क्र.सं. ३ पछि देहायको क्र.सं. ४ थपी क्रम मिलाउनुपर्ने र साविकको क्र.सं. ५ हटाउनुपर्ने ।’ क्र.सं.४ मा भने प्रधानन्यायाधीश राखिनुपर्ने उनको प्रस्ताव छ । अर्थात, सभामुख र राष्ट्रिय सभाका अध्यक्षको भन्दा अगाडिको मर्यादा प्रधानन्यायाधीशलाई दिइनुपर्ने उनको प्रस्ताव छ ।

राष्ट्रिय सभाका अर्का सदस्य राधेश्याम पासवानले सभामुख र राष्ट्रिय सभा अध्यक्षको मर्यादा कायम गर्दा सभामुख भन्दा माथि राष्ट्रिय सभा अध्यक्ष हुनुपर्ने संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?