+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सायल गाउँपालिका उपाध्यक्षकै कीर्ते हस्ताक्षर गरेर भुक्तानी !

उपाध्यक्ष ओली भन्छिन् : छानबिन हुनुपर्छ

रामहरि ओझा रामहरि ओझा
२०८० वैशाख ३ गते १७:०३

३ वैशाख, डोटी । डोटीको सायल गाउँपालिकाका उपाध्यक्ष निर्मला बोहरा ओलीले आफ्नो हस्ताक्षर कीर्ते गरेको आरोप लगाएकी छन् ।

गाउँपालिकामा निर्माण भइरहेको १० शय्याको अस्पतालको फिल्ड निर्माण कार्यको भुक्तानी दिँदा आफ्नो कीर्ते हस्ताक्षर गरिएको उपाध्यक्ष ओलीले बताइन् । ‘अस्पतालको फिल्ड निर्माणको काम सम्पन्न भएको भनी तयार गरिएको प्रतिवेदनमा मेरो नक्कली हस्ताक्षर गरिएको रहेछ’ उनले भनिन्, ‘मलाई यस बिषयमा कुनै जानकारी नै छैन ।’

आफूले सो बिषयमा गाउँ कार्यपालिकामा समेत कुरा उठाएको र कार्यपालिकाले छानबिन गर्ने निर्णय गरेको उपाध्यक्ष ओलीले बताइन् । ‘कहिले भुक्तानी दिइयो, कति भुक्तानी दिइयो, कसले अनुगमन ग¥यो भन्ने मलाई थाहा छैन’ गाउँपालिकाको अनुगमन तथा सुपरीपेक्षण समितिका संयोजक समेत रहेकी उपाध्यक्ष ओलीले भनिन् ‘मेरो कीर्ते हस्ताक्षर भएको छ, यस बिषयमा छानबिन हुनुपर्छ भन्ने मेरो माग हो ।’ उनले कीर्ते हस्ताक्षर गरेर रकम भुक्तानी भएकोमा आफ्नो कुनै गल्ती नभएको र सम्बन्धित पक्षले जिम्मा लिनुपर्ने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्ट अस्पताल निर्माण कार्य सम्पन्न भएको भनी कार्यालयमा पेश भएको अनुगमन प्रतिवेदनमा प्रयोग भएको आफ्नो हस्ताक्षर नक्कली भएको उपाध्यक्षले दावी गरेको बताए ।

‘उहाँले त्यो हस्ताक्षर मेरो होइन, यस बिषयमा छानबिन हुनुपर्छ भन्नुभएको छ’ प्रमुख प्रशासकीय अधिकृत भट्ट भन्छन् ‘प्रतिवेदनमा उहाँको पनि हस्ताक्षर देखिन्छ, तर उहाँकै हो कि नक्कली हो भन्ने कुरा छानबिन गरेपछि बाहिर आउँछ ।’

भट्टले अनुगमन समितिबाट प्रतिवेदन आएपछि २०७९ साल असार २५ गते उपभोक्ता समितिको खातामा जम्मा हुने गरी ८ लाख रुपैयाँ भुक्तानी भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?