+
+

नयाँ वर्षमा आईएमईको ‘७ मा ७’ अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १४:२२

काठमाडौं । आईएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईंको मेहनतमा हाम्रो साथ’ नामक नयाँ योजना सार्वजनिक गरेको छ ।

विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरी ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप जनही नगद ७ हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना १ वैशाख २०८० देखि ३१ वैशाखसम्म सञ्चालन हुनेछ ।

विदेशमा रहेका नेपालीहरुले आईएमई वा आईएमईका साझेदारहरु मार्फत पठाएको रकम आईएमई पे, बैंक डिपोजिट तथा आईएमई एजेन्टहरूबाट प्राप्त गरी यस योजनामा सहभागी हुन सक्ने कम्पनीले बताएको छ ।

योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धी जानकारी कार्यालयका आधिकारिक सामाजिक सञ्जाल र वेभ पेजका साथै विभिन्न सञ्चार माध्यमहरु मार्फत सार्वजनिक गरिने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?