+
+

प्रतिस्पर्धी हिरोको फिल्म प्रचारमा सँगै उभिए प्रदीप र अनमोल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १६:३०

काठमाडौं । नेपाली फिल्म क्षेत्रका कलाकारबीच एकता छैन भनिन्छ । एकअर्कालाई सहयोग गर्ने परिपाटी नबन्दा हरेक कलाकारका फ्यानहरु पनि विभाजित छन् । अझ एक कलाकारको फिल्म रिलिज हुँदा वा प्रचार सामग्री सार्वजनिक हुँदा अर्को कलाकारले शुभकामना दिन समेत हिच्किचाएको पाइन्छ । बारम्बार कलाकारबीच एकता आवश्यक रहेको टिप्पणी पनि हुँदै आएको छ ।

यसैबीच, वैशाख २१ गतेदेखि रिलिज हुन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’मा भने नेपाली फिल्मका चलेका कलाकारको एकता देखिएको छ । रेनशा राईको निर्देशनमा बनेको फिल्ममा धीरज मगर र जसिता गुरुङको शीर्ष भूमिका छ । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको हाइप पनि बढेको छ ।

यो फिल्मको ट्रेलर सार्वजनिक भएको दिनमा नै अभिनेता अनमोल केसीले इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै फिल्मको टिमलाई नै शुभकामना दिएका थिए । अब अर्का अभिनेता प्रदीप खड्काले पनि फिल्मको ट्रेलर सामाजिक सञ्जालमा सेयर गर्दै धीरज, जसिता, रेनशा र सिंगो टिमलाई शुभकामना दिएका छन् ।

प्रदीपले ट्रेलर सेयर गर्दै शुभकामना दिएपछि निर्देशक रेनशाले उनलाई ‘लभ यु’ भन्दै प्रतिक्रिया दिएकी छिन् । ट्रेलरबाट आफू उत्साहित भएको समेत प्रदीपले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?