+
+

एसीसी प्रिमियर कपमा नेपालले मलेसिया हराउँदा (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० वैशाख ५ गते १९:५१

५ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले शानदार सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे ।

रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए ।

यसअघि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो ।

नेपाल र मलेसियाबीचको खेलका तस्वीरहरू हेर्नुहोस् :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?