+
+

राष्ट्रपति पौडेललाई उपचार गर्न दिल्ली लगिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते ८:४८

६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँदिल्ली लगिँदै छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई श्री एयरलाइन्स मार्फत् नयाँदिल्ली लैजान लागिएको हो ।

श्री एयरलाइन्सका महाप्रबन्धक अनिल मानन्धरले राष्ट्रपति पौडेललाई नयाँदिल्ली लैजान आवश्यक तयारी गरिरहेको जानकारी दिए ।

स्रोतका अनुसार राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएको छ । इन्फेक्सन नघटेपछि उनलाई भारतको एम्स अस्पतालमा उपचार गराउन लैजान लागिएको हो ।

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए । त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो ।

विशेषज्ञ चिकित्सका अनुसार छातीको तल्लो भागमा पानी देखिनुले निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने संकेत गर्छ । तर सोमबार निकालिएको पानीको नमूनाको परीक्षण रिपोर्ट आयो कि आएन वा के आयो भन्ने खुलाइएको छैन ।

मंगलबार पुनः स्वास्थ्य असहज भएपछि राष्ट्रपति पौडेल अस्पताल पुगेका थिए । स्वास्थ्यमा सुधार नदेखिएपछि भारत लगेर उपचार गराउन चिकित्सकहरूले सल्लाह दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?