
६ वैशाख, काठमाडौं । साविक विजेता रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको क्वाटरफाइनल दोस्रो लेगको खेलमा इंग्लिस क्लब चेल्सीलाई २–० ले पराजित गर्दै रियलले समग्रमा ४–० को जित हात पारेको हो ।
यसअघि घरेलु मैदानमा भएको पहिलो लेगमा पनि रियल २–० ले विजयी भएको थियो ।
दोस्रो लेगमा रियलका लागि दुवै गोल रोड्रिगोले दोस्रो हाफमा गरे । रोड्रिगोले ५८औं र ८०औं मिनेटमा गोल गरे ।
रियलले अब सेमिफाइनलमा अर्को इंग्लिस क्लब म्यानचेष्टर सिटी र बायर्न म्युनिखबीचको विजेतासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4