+
+

त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणमा दशौं सफलता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते ११:३०

६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दशौँ कलेजो प्रत्यारोपण सफल भएको छ । कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले मंगलबार (हिजो) शिक्षण अस्पतालमा दशौँ प्रत्यारोपण गरेको हो ।

भण्डारी नेतृत्वको टोलीले एक पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो । ३१ वर्षीय पुरुषलाई ३० वर्षीया श्रीमतीले कलेजो दान गरेकी हुन् ।

त्रिवि शिक्षण अस्पतालमा १८ जेठ २०७६ मा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । त्यसयताको अवधिमा बीचको केही समय कोरोना महामारीले प्रत्यारोपण निरन्तरतामा अवरोध सिर्जना गरेको थियो । ‘मंगलबार दशौं बिरामीमा कलेजो प्रत्यारोपण सफल भएको छ । अब महिनामा दुई वटासम्म कलेजो प्रत्यारोपण योजना बनाएका छौं,’ डा. भण्डारीले भने ।

अंग प्रत्यारोपणमध्ये कलेजो प्रत्यारोपणलाई बढी जटिल मानिन्छ । नेपालमा वार्षिक २०० हाराहारी कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अनुमान छ । प्रत्यारोपण सेवालाई दिगो बनाउन नसके नेपालमा पीडा बढ्ने डा. भण्डारी बताउँछन् । डा. भण्डारीका अनुसार अपेक्षा अनुरूप कलेजो प्रत्यारोपण सेवा अगाडि बढ्न सकेको छैन ।

शिक्षणमै कलेजो प्रत्यारोपण हुन्छ भन्ने सन्देश बिरामीमाझ नपुग्नु, पुगे पनि नेपाली विशेषज्ञ टिमको क्षमतामा विश्वास स्थापित हुन नसक्नुलगायत कारण पनि सेवा विस्तारमा बाधक बनेको डा. भण्डारी बताउँछन् । त्यसबाहेक कलेजो लिने–दिने व्यक्तिको रक्तसमूह, कलेजोको आकार, शरीरको बनावट, कानुनले निर्धारण गरेको पारिवारिक नाता नमिल्नुलगायत अवरोध पनि छँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?