+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दाङका किसानलाई चैते धान रोप्ने चटारो (तस्वीरहरु)

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० वैशाख ६ गते १६:२६

६ वैशाख, दाङ । चैत–वैशाखको खडेरीको समयमा देशका धेरै किसान खेती लगाउन आकाशे पानी पर्खिरहेका छन् । तर दाङका केही पहाडी भोगका किसानलाई भने यतिबेला चैते धान रोप्ने चटारो छ ।

यो खडेरीकाबीच बंगलाचुली गाउँपालिका–४ गहतेरा किसान गोपाल घर्ती मगरलाई भने खेतमै भ्याइ नभ्याई छ । उनी र उनको परिवार अहिले चैते धान रोप्न जुटेका छन् । पाँच कट्ठा खेतमा उनी अहिले जोत्ने, पानी मिलाउने, व्याड काट्ने र धान रोप्नमै व्यस्त छन् ।

‘खोला नजिकै भएकाले चैते धानका लागि पानीको समस्या छैन’, उनले भने, ‘उत्पादन पनि राम्रै हुने भएकाले हरेक वर्ष धान रोप्छौं ।’

गहतेराकै डोरबहादुर घर्तीमगर पनि २० वर्षदेखि चैते धानको खेती गर्दै आएका छन् । यो वर्ष पनि उनी १४ कट्ठा खेतमा चैते धान रोपाइँ गर्दैछन् । ‘कम जमिनमा पनि उत्पादन धेरै हुने भएकाले चैते धान रोप्छु’, उनले भने ।

उनका अनुसार फागुनमा ब्याड राखेर चैतको अन्तिमसम्म चैते धान रोपिन्छ । घर्तीेले भने ‘तर यो वर्ष केही ढिला भयो ।’ उनले चैते र बर्खे धान गरेर बर्षमा दुई बाली धान खेती गर्ने बताए । ‘बर्खे धानभन्दा चैते धान राम्रो उत्पादन हुन्छ’ घर्तीले भने, ‘चैतको अन्यवाली नहुँने हुँदा रोपाइँमा सजिलो हुन्छ ।’

दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४, घोराही उपमहानगरपालिका वडा नं. १ र देउखुरीका केही ठाउँमा किसानले चैते धान रोप्ने गरेका छन् । खडेरीमा सिँचाइको राम्रो सुविधा भएको खेतमा मात्र चैते धान रोप्न सकिन्छ ।

चैतमा रोपेको धान साउनको पहिलो साता तिर पाक्छ । साउनको पहिलो साता धान काटेपछि पुनः सोही खेतमा बर्खे धान रोपिन्छ । यहाँका किसानले वर्षमा दुईबाली धान खेती गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा दुई हजार पाँच सय हेक्टर भन्दा बढी क्षेत्रमा चैते धान खेती हुँदै आएको छ । जिल्लामा करिब ३९ हजार ९०५ हेक्टर खेती योग्य जमिनमध्ये ३५ हजार हेक्टरमा धान खेती हुन्छ ।

लेखक
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?