
६ वैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरू भएको छ ।
उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा पुर्याए लगत्तै उपचार सुरू गरिएको उनको सचिवालयले जनाएको छ।
नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सझाव दिएसँगै पौडेललाई भारत लगिएको हो ।
राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो। राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4