+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अदालतको आदेशपछि पाल्पा दरबार क्षेत्रका संरचना भत्काउन रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १३:५९

७ वैशाख, पाल्पा । तानसेन नगरपालिकाले भत्काइरहेको पाल्पा दरबार क्षेत्रका संरचना उच्च अदालतको आदेशपछि रोकिएको छ ।

नगरपालिकाले पाल्पा दरबार परिसरका संरचना भत्काउन थालेपछि उक्त काम रोक्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट परेको थियो । उच्च अदालतले तत्काल ती संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

उच्च अदालतको बुधबारको आदेशपछि भने संरचना भत्काउन रोकेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताए ।

पाल्पा दरबार संग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल संगठनको एक, कर्मचारी मिलन केन्द्रका तीन वटा घर टहरा रहेका थिए ।

सामान हटाएपछि घरटहरा भत्काउन सुरू गरिएकोमा अदालतको पत्रपछि भत्काउने काम रोकेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?