+
+

नेप्सेमा दोहोरो अंकको गिरावट, ९८ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १५:२६

७ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार १५.७३ अंकले घट्दै १९०४.४० विन्दुमा झरेको छ । यो ०.८२ प्रतिशतको गिरावट हो । बिहीबार कारोबार रकम समेत घटेको छ । बिहीबार ९८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार २६७ धितोपत्रको २३ हजार २६५ कारोबारबाट ३२ लाख ९ हजार २१४ कित्ता सेयर किनबेच भएको छ । आज सबै उपसूचक घटेको छ ।

कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोको मूल्य सबैभन्दा धेरै सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । सनराइज ब्लूचिप फण्ड, सनराइज फस्ट म्यूचअल फण्ड र एभरेष्ट बैंकको मूल्य धेरैले बढेको छ ।

एनएमबी सुलभ इन्भेष्टमेन्ट र आदर्श लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । एनआईसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?