+
+

विष्णु पौडेलसँग कुनै मतभेद छैन : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १६:०७

७ वैशाख, बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू र पार्टी उपाध्यक्ष विष्णु पौडेलबीच कुनै मतभेद नभएको बताएका छन् ।

पार्टीले चलाएको मिसन ग्रासरुट अभियानको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा पोखरेलले हरेक विषयमा पौडेलसँग सल्लाह र छलफल गरेर टुंगोमा पुग्ने गरेको बताए ।

‘विष्णुप्रसाद पौडेल र मैले सल्लाह गरेर, निर्णय गर्नुअघि कैयौंपटक अनौपचारिक समेत छलफल गरेर टुंगोमा पुग्ने गरेका छौं’, पोखरेलले भने, ‘हामीबीच आपसमा कुनै मतभेद छैन तर, कतिपयले तानातान छ भनेर हल्ला गरिदिन्छन् ।’

महासचिव पोखरेलले जनताको सरोकारका विषयमा पार्टी र नेताहरुको ध्यान नजाने हो भने जनततासँगको सम्बन्ध टुट्ने बताए । ‘जनताका विषयका हामीले मुद्दा बनाउन नसक्दा समाजलाई भड्काउनेहरु अगाडि आउँछन्’, पोखरेलले भने, ‘यदि बलिया र पुराना शक्तिले जनसरोकारका मुद्दा बोक्न सकेनौं भने कमजोर हुनेछौं,जनसरोकारका विषय पहिचान गरी पार्र्टीलाई परिचालन गर्नुपर्छ ।’

आफूले टिकट नपाए पार्टीले उठाएको उम्मेदवारलाई हराउन लाग्ने कामका कारण पार्टी कमजोर भएको भन्दै यस्ता प्रवृत्तिलाई निमिट्यान्न पार्नुपर्ने उनले बताए ।

आगामी चुनावमा बहुमतको सरकार बनाउन जनमत बृद्वि गर्ने गरी जनतामाझ पुग्न नेता कार्यकर्तालाई निर्देशन दिँदै महासचिव पोखरेलले चुनावमा जित्ने मात्र नभई जनताका बिचमा भिजेका, परिवर्तनमा योगदान दिएका र राजनीति बुझेको मान्छे खोज्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?