+
+

फ्रिजमा कसरी राख्ने खानेकुरा ?

सुमन लामिछाने सुमन लामिछाने
२०८० वैशाख ७ गते १८:३४

पछिल्लो समय हाम्रो खानपानको शैली बदलिंदै गएको छ । व्यस्तताका कारण फास्टफुडको प्रचलन निकै बढेको छ । खानेकुरा एकैपटक पकाउने र फ्रिजमा राखेर खानेहरुको संख्या बढ्दो छ । यसले समयको बचत पनि गराउँछ र सरसफाइमा पनि धेरै समय दिनु पर्दैन ।

तर सहजतासँगै चुनौती पनि थपिन्छ भण्डारणको । खानेकुार भण्डारण गर्न नजान्दा वा हेलचेक्राइँ गर्दा खानेकुरा नै दूषित हुन पुग्छ र शरीरमा हानि पुर्‍याउँछ । त्यसैले खानेकुरा भण्डारणमा विशेष सतर्कता अपनाउनुपर्छ ।

खानेकुराको असल भण्डारण अभ्यासको मूल सिद्धान्त भनेको तातो वस्तुलाई ६० डिग्री सेल्सियसभन्दा माथि र चिसो वस्तुलाई शून्य डिग्रीभन्दा कममा रहन दिने हो । यो बीचको तापक्रममा भने खानेकुरा बिग्रिन्छ, किनकि यसलाई खतरायुक्त मानिन्छ ।

यस अवस्थामा खानेकुरा गन्हाउने, ढुसी पर्ने हुन्छ र यस्ता खानेकुरामा खाएमा फुड पोइजनिङ भई पेट दुख्ने, ज्वरो आउने, कब्जियत हुने, झाडापखाला लाग्ने, बान्ता आउने जस्ता समस्या देखिन सक्छन् । त्यसैले खानेकुरा भण्डारणको सही अभ्यासबारे थाहा पाउन जरुरी छ ।

रेफ्रिजेरेटरको सही उपयोग

हाम्रो घरमा खानेकुरा भण्डारणको लागि प्रयोग हुने सामान रेफ्रिजेरेटर अर्थात् फ्रिज नै हो । यसका विभिन्न खण्डका आ-आफ्नै महत्व छन् । ती खण्डहरुमा सही तरिकाले सामान नराखी प्रयोग गर्ने हो भने त्यस्ता चीजले स्वास्थ्यलाई निकै असर पुर्‍याउँछन् । फ्रिजको पहिलो र माथिल्लो खण्डलाई फ्रिजर भनिन्छ, जसको तापक्रम १८ डिग्रीदेखि ४० डिग्रीसम्म हुन्छ । यो खण्डमा पानी र अन्य वस्तु राखेमा जमेर बरफको ढिका बन्दछ ।

घरायसी फ्रिजको दोस्रो खण्डमा चिलर हो, जसको तापक्रम ४ डिग्री हुन्छ । यसमा राखिएका चीजहरु चिसो भइरहन्छन्, जम्दैनन् ।

माथिल्लो खण्डमा जमाएर राख्नुपर्ने वस्तुहरु राख्नुपर्छ । यसमा काँचो माछामासु, ससेज, आइसक्रिम, बरफ आदि राख्न सकिन्छ । तल्लो खण्डमा भने ताजा फलफूल, सागसब्जी, जुस, सलाद, अण्डा, पकाएका चीजहरु भात, तरकारी, अचार, मसला, केक लगायत राख्न सकिन्छ ।

काँचो र पकाएको खानेकुरा सँगै राख्दा दुई सामग्रीबीच अन्तर संक्रमण पैदा हुन्छ, जसले स्वास्थ्यमा हानि पुर्‍याउन सक्छ । त्यसैले सामान फ्रिजमा राख्दा छुट्टाछुट्टै भाँडोमा राख्नुपर्छ । काँचो वस्तुलाई तल्लो खण्डमा र पकाएको सामानलाई माथिल्लो खण्डमा अलग-अलग भाँडामा राख्नुपर्छ । यसरी राख्दा भाँडा छोपेर राख्नुपर्छ ।

काँचो खाना नछोपी राख्दा त्यसको रस चुहिएर पकाएको चीजमा पर्न सक्छ र पाकिसकेको खाना फेरि असुरक्षित हुन्छ ।

फ्रिजका अन्य खण्डहरुको पनि सोही अनुसार प्रयोग गर्नुपर्छ । कम बिग्रिने खानेकुरालाई सबैभन्दा तलको खण्डमा राख्न सकिन्छ ।

ख्याल गर्नुपर्ने कुरा

फ्रिजको सरसफाइसँगै भित्री तापक्रम बेलाबेलामा मापन गरिरहनुपर्छ । मागिको फ्रिजरको माइनस १८ डिग्री र चिलरको ४ डिग्री तापक्रम हुनुपर्छ ।

खाना पाकिसेको दुई घण्टाभित्र त्यसमा फ्रिजमा भण्डारण गर्नुपर्छ । बाहिरी तापक्रममा धेरैबेर राख्नु भनेको खाना असुरक्षित बनाउनु हो । धेरै तातो खाना पनि फ्रिजमा सोझै राख्नु हुँदैन । कम्तीमा बाफ उड्न बन्द हुने बेलासम्म कुर्न सकिन्छ ।

जमेर बसेको मासुको ढिक्का पगाल्न तल्लो खण्डमा सार्नुपर्छ तर बाहिर निकाल्नु हुँदैन । फ्रिज बाहिर खुला राख्दा ब्याक्टेरियाको वृद्धि हुन सक्छ । चिसो तापक्रमले ब्याक्टेरियालाई मार्ने भन्दा त्यसको वृद्धि हुनबाट रोक्ने काम मात्र गर्छ, जुन प्रक्रिया अनुकूल तापक्रम मिल्ने बित्तिकै सुचारु हुन सक्छ । एकपटक थविङ गरेको मासुलाई फेरि फ्रिजिङ गर्नु हुँदैन ।

मासु मेरिनेट गर्दा फ्रिजभित्रै छाड्नुपर्छ, बाहिरी तापक्रममा सूरक्ष्म जीवाणुको संक्रमण हुने सम्भावना धेरै हुन्छ । पहिले नै सडेगलेको चीज फ्रिजमा भण्डारण गर्नु हुँदैन । यसले अन्य चीजलाई पनि असर पार्छ ।

खाद्य भण्डारण गर्ने भाँडाहरु सफा र खाद्यस्तरको हुनुपर्छ । प्याकेजिङ गरेको वस्तुको उपभोग्य मिति अनिवार्य हेर्नुपर्छ ।

(लामिछाने खाद्य अनुसन्धान अधिकृत हुन् । उनी खाद्य अनुसन्धान तथा गुण नियन्त्रण विभागमा कार्यरत छन् ।)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?