+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

ईपीएससँग मन्त्रालयले सोध्यो स्पष्टीकरण : कोरिया जाने भाडा महँगो किन ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १७:०५
सुदन किराती/फाइल तस्वीर

८ वैशाख, काठमाडौं । नेपालबाट कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएको बारे श्रम मन्त्रालयले ईपीएस कोरियालाई स्पष्टीकरण सोध्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार कोरियन एयरले यात्रुसँग महँगो भाडा असुल गरिरहेको सन्दर्भमा श्रम मन्त्रालयमार्फत तीन दिन भित्र जवाफ पेश गर्नेे गरी स्पष्टीकरण सोध्ने निर्णय पर्यटन मन्त्रालयले गरेको हो ।

मन्त्री किरातीका अनुसार ईपीएसबाट कोरियन एयरलाइन्सले कोरिया जाने टिकटको लागतबारे प्रश्न गरिएको छ । सो टिकटबाट प्रतिव्यक्ति कति नाफा आउँछ भनी प्रश्न गर्ने निर्णय भएको मन्त्री किरातीले जानकारी दिए ।

नाफा कति प्रतिशत बढाउन पाइने निर्णय छ ?, कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोके ?, समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ भन्नेबारे समेत प्रश्न सोधिने भएको छ ।

कोरियन एयरले १ लाख ८५ हजार भाडा लिएको तर, ट्रान्जिट भएर जाँदा ७० हजार मात्र भाडा लिएको सन्दर्भमा कोरियन एयरले किन धेरै भाडा लिएको हो भन्नेबारे समेत ईपीएस कोरियाले जवाफ दिनु पर्ने भएको छ । कोरिया जाने हवाई भाडा अत्यधकि भएको गुनासो यात्रुले गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?