+
+

अभिनय, विचार र फेसनकी त्रिवेणी केकी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १८:५३

काठमाडौं । ‘ब्रेन विथ ब्युटी’ कमै अभिनेत्रीमा हुन्छ । केकी अधिकारी एक उदाहरण हुन् । सामाजिक र राजनीतिक घटनाक्रममा उनी जति प्रखर धारणा राख्छिन्, उति नै तीक्ष्ण छ उनको अभिनय । गत जनवरीमा उनको अभिनय करिअरले १२ वर्ष नाघेको छ र यसबीचमा केकीले ३२ फिल्ममा काम गरिन् । डिस्कोग्राफीको सूची पनि लामै छ ।

२०६८ सालमा डेब्यु फिल्म ‘स्वर’ रिलिज हुँदा केकीको जुन चमकता थियो, दशकपछि पनि त्यो मादकता उस्तै छ । अभिनय, अध्ययन र विचारको हिसाबमा बेजोड केकीको पछिल्लो फिल्म ‘प्रसाद २’ वैशाख १५ मा प्रदर्शन हुँदैछ र यसमा उनले लैंगिक र जातीय रुपमा विभेदको सिकार बनेकी महिला पात्र नारायणीको भूमिका निर्वाह गरेकी छन् । ‘वास्तविक जीवनमा जस्ती छु, उस्तै चरित्रलाई फिल्ममा निर्वाह गर्न पाउँदा निकै खुसी छु,’ अनलाइनखबरसँग गफिंदा केकी पुलकित सुनिइन् ।

केकीको जीवनमा बितेका १२ वर्षमा धेरै उतारचढाव आए । गत वर्ष उनले सबैलाई सरप्राइज दिंदै विवाह पनि गरिन् । कोरोना महामारीलगत्तै उनी टेलिभिजन कार्यक्रम निर्मात्रीको रुपमा पनि स्थापित भइन् । उनले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको दौडाहामा छ । ‘विवाह, फिल्म र काम सबैलाई सन्तुलन मिलाउनुपर्ने रहेछ । यही बीचबाट अघि बढेकी छु,’ उनी भन्छिन् । अनलाइनखबरका लागि गरेको ताजा अन्तर्वार्तामा उनले बेबी प्लानदेखि दाम्पत्य जीवनका पक्षमा रोचक कुरा गरेकी छन् ।

अभिनयसँगै फेसन सेन्स केकीको अर्को पक्ष हो । रेडकार्पेट होस् या पब्लिक सेरेमोनी, यी सबै जमघटको पहिरन सेन्स उत्कृष्ट लाग्छ । अभिनय, विचार र फेसनकी त्रिवेणी केकी पछिल्लो छिमलकी व्यस्त कलाकार हुन् । कम्युनिकेसनलाई दाम्पत्य जीवन टिकाउन प्रमुख आधार मान्ने केकी र श्रीमान रोहितले शुक्रबार पहिलो वैवाहिक वर्षगाँठ मनाउँदैछन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?