+
+

धनगढीमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते १४:३२

९ वैशाख, धनगढी । धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ, ५ जना घाइते भएका छन् ।

गोदावरी नगरपालिका–५ को गेटास्थित ट्राफिक पोष्ट नजिकै महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको बा १५ च ४६३७ नम्बरको गाडी शनिबार दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले दुर्घटनामा गम्भीर घाइते भएका धनगढी उपमहानगरपालिका–११ बेला बस्ने ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको बताए ।

उनका अनुसार भट्टको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ४२ वर्षीय तेजबहादुर पाल र कारमा सवारहरु धनगढी उपमहानगरपालिका–६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, ४८ वर्षीय बसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र अनुखाण चन्द घाइते छन् ।

उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको डीएसपी चन्दले बताए ।

भारतको हरिद्वार दर्शन गरेर फर्किरहेका तीर्थ यात्री सवार गाडी तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?