
९ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीमा रहेका मुकुन्द न्यौपानेसहितका नेताहरु नेकपा एमालेमा फर्किएका छन् ।
शनिबार आयोजित कार्यक्रममा न्यौपाने, नेता चुडामणि जंगलीसहित नेकपा एकीकृत समाजवादीको विभिन्न कमिटीमा रहेका ३४ जना एमाले फर्किएका छन् ।
एमाले फर्किनेमा नेताहरु मुना बानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वर ज्ञवाली, हरिकुमार श्रेष्ठ, छविलाल गौडेल, तोरणबहादुर केसीलगायत रहेका छन् ।
नेता मुकुन्द न्यौपाने र चुडामणि जंगलीले करिब एक महिनाअघि एकीकृत समाजवादी त्यागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4