+
+

फिल्म ‘सिटामोल’मा सौगात र बेनिशाले जोडी बाँध्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते २१:१३

काठमाडौं । आगामी फिल्म ‘सिटामोल’मा सौगात मल्ल र बेनिशा हमाललाई स्क्रिन कपलको भूमिकामा देख्न पाइने भएको छ । आगामी सातादेखि छायांकन तयारीमा रहेको फिल्मलाई राजबहादुर सानेले निर्देशन गर्नेछन् ।

शनिबारदेखि फिल्मको गीत ‘झुम्का कानै’मा रेकर्ड थालिएको छ । ‘सिरुपाते जुंगा’मा फेम्ड बाबुल गिरीको संगीत तथा एरेन्जमा गीत रेकर्ड सुरु भएको हो । गीतमा बाबुल र रोशनी श्रेष्ठको स्वर तथा गोविन्द भट्टको शब्द छन् । म्युजिक नेपालको स्टुडियोमा गीत रेकर्ड गरिएको हो ।

यसअघि ‘वृन्दावन’ र ‘वीरगंना’ फिल्म निर्देशन गरेका सानेको यो फिल्ममा बुद्धि तामाङ, ज्ञानु सुनार, ध्रुव दत्त अनुबन्धित भैसकेका छन् । फिल्मको स्क्रिप्ट डाक्टरमा प्रदीप भारद्धाज छन् ।
‘छक्कापञ्जा ४’ ब्लकबस्टर भएपछि बेनिशाले गर्न लागेको यो पहिलो प्रोजेक्ट हुनेछ । सौगात चाहिँ यतिबेला ‘भष्मे डन’मा ब्यस्त छन् ।

निर्देशक सानेले नेपाली समाजको वास्तविक घटनालाई फिल्मले चित्रण गर्ने बताए । ‘हरेक मानिस विभिन्न पीडामा हुन्छन्, त्यसलाई निको पार्ने सिटामोलको रूपमा फिल्म बन्नेछ’ उनले भने । फिल्ममा रमेश वन गोसाईं र श्याम थापाको लगानी रहनेछ । कविराज गहतराजको कोरियोग्राफी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?