+
+

स्वर्णिम वाग्ले भन्छन् : परम्परागत मन र मत दुवै फेरिनेवाला छ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते ८:३१

१० वैशाख, दमौली । राष्ट्रिय स्वतन्त्रत पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले यसपालि तनहुँ क्षेत्र नं. १ का मतदाताको मन र मत दुवै विगतको जस्तो  नभएको बताएका छन् ।

उपनिर्वाचनको मतदानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा वाग्लेले मतदाताको परपम्परागत मन र मत दुवै फेरिएको पाएको बताएका हुन् ।

नेपाली कांग्रेस त्यागेर रास्वपाबाट उम्मेदवार बनेका वाग्लेले परिस्थिति विगतको जस्तो नभएको बताउँदै भने, ‘परम्परागत मतहरुलाई र विचारहरुलाई परिवर्तन गराएको मैले पाएको छु र सूचना प्रविधिको पहुँचले ५०–६० नाघेकाहरुको पनि मन र मत दुवै फेरिनेवाला छ यसपालि ।’

गत मंसिर ४ को निर्वाचनमा तनहुँ १ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनमा रास्वपाका डा. वाग्लेसँगै नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र लगायत उम्मेदवार छन् ।

कांग्रेस उम्मेदवार भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गर्ने छन् । एमाले उम्मेदवार खनाल र रास्वपाका उम्मेदवार वाग्लेको भने तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले मतदान गर्न पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?