+
+

सूर्यविनायक नगरपालिकामा खुला प्रतिस्पर्धाबाट ३० प्रधानाध्यापक छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १४:०१

१० वैशाख, काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट गरेको छ ।

नगरपालिकाले सूर्यविनायक नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ बमोजिम प्रधानाध्यापक छनोट गरेको हो ।

नगरपालिकाले प्रधानाध्यापक छनौट मूल्याङ्कन समिति गठन गर्नको लागि पनि आवेदन माग गरेको थियो । सोही आवेदनको आधारमा विज्ञ समूह बनाएर समिति गठन गरेको जनाएको छ ।

नगरपालिकाभित्र रहेका ३२ मध्ये ३० विद्यालयका प्रधानाध्यापकका लागि २०७९ फागुन २६ गते आवेदन माग गरेको थियो ।

आवेदक शिक्षकहरुको गत बिहीबार प्रस्तुतीकरण तथा छलफल र अन्तर्वार्ता लिइएको थियो । उक्त प्रस्तुतीकरण तथा छलफल र अन्तर्वार्ताको आधारमा नगरपालिकाले नतिजा सार्वजनिक गरेको छ ।

उक्त नतिजा अनुसार १६ प्रावि (१-५) तहको प्रधानाध्यापकको लागि १९ जनाको आवेदन परेको थियो । निमावि तह (१-८) का लागि आवश्यक ४ प्रधानाध्यापकको लागि ४ जना र १० मावि तहको लागि १४ जनाले आवेदन दिएका थिए ।

नगरपालिकाले सहभागी सबैको नतिजा उनीहरुले प्राप्त गरेको अंकको आधारमा-योग्यताक्रम) सार्वजनिक गरेको छ । सोही अंकको आधारमा अब प्रधानाध्यापक नियुक्ति हुने नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले बताए ।

उनले भने, ‘प्रधानाध्यापकको नियुक्ति यहि नतिजाको योग्यता क्रमको आधारमा हुन्छ।’ उनका अनुसार प्रधानाध्यापकको सिफारिसमा परेका ३० जना मध्ये १८ जना यसपटक स्थाइ नियुक्ति पाएका शिक्षकहरु रहेका छन् । बाँकी दुई वटा विद्यालयमा शिशु कक्षा मात्रै सञ्चालन भइरहेकोले त्यहाँ प्रधानाध्यापक छनोट नगरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?