+
+

त्रिभुवन विमानस्थलका सञ्चार उपकरणमा समस्या, उडान-अवतरण बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १५:२८

१० वैशाख, काठमाडौं । सञ्चार उपकरणमा आएको समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ ।

सोहीकारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ । जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएसँगै जहाजहरुको उडान-अवतरण बन्द भएको हो ।

कतिपय मोफसलबाट काठमाडौंका लागि उडेका जहाजहरु समेत सम्बन्धित विमानस्थलमा फिर्ता पठाउनु परेको बताइएको छ ।

टावरबाट नजिकै रहेका जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?