 
																			१० वैशाख, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ३०६ नमुनामध्ये ३७० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र ९३६ जनाको एण्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८१ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोनाको संक्रिय संक्रमितको संख्या ३७० जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २२ जना, आईसीयूमा ३ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै ५४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् ।
संक्रमण बढेसँगै मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4