+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सनराइज बैंकका ग्राहकलाई भारतको अपोलो अस्पतालमा १० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १७:५४

१० वैशाख, काठमाडौं । सनराइज बैंकले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार अब सनराइज बैंकका ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्र्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् ।

यससम्बन्धी सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रवीनकुमार नेपाल र हस्पिटलकातर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरे ।

इन्द्रप्रस्थ अपोलो हस्पिटल भारतस्थित एक प्रतिष्ठित अस्प्ताल हो, जसले विभिन्न १४० देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । उक्त सम्झौताअनुसार सनराइज बैंकका सबै ग्राहक वर्गले सनराइज बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परीक्षणदेखि भर्ना खर्चसम्ममा १० प्रतिशतसम्म छुटका साथै सबै मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा अपोलो हस्पिटल अन्तर्गत भारतभरी रहेका ७३ वटै अस्पतालमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजनाले सबै ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको सनराइज बैंकले बनाएको छ । भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सनराइज बैंकले बताएको छ ।

भारतमा उपचारको लागि जाने आम नेपालीको लागि लक्षित गरेर सनराइज बैंकले छुट्टै हेल्थ केयर पनि सञ्चालनमा ल्याइसकेको छ । अपोलो लगायत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्च समेत सनराइज स्वास्थ्य योजना अन्तर्गत सोधभर्ना लिन सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?