+
+

तनहुँ मतगणना अपडेट : कुन वडामा कसलाई कति मत ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते ७:२९

११ वैशाख, काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतगणनामा सुरुदेखि नै रास्वपाका डा. स्वर्णिम वाग्लेले अग्रता लिएका छन् ।

भानु नगरपालिकाका ४ वटा वडा र आँबुखैरेनीको एउटा वडाको मतगणना सकिंदा सबै वडामा स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि रहे । उनले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई दोब्बरभन्दा बढी मतान्तरले पछि पारेका छन् ।

आँबु-१ को १४५८ मतमध्ये स्वर्णिम वाग्लेको पक्षमा मात्र १०६५ मत परेको छ ।

कुल खसेको ६३ हजार ७५७ मतमध्ये हालसम्म सम्पन्न भएको मतको वडागत विवरण यस्तो छ-

आँबु-१ (१४५८)

डा. स्वर्णिम वाग्ले- १०६५
गोविन्द भट्टराई- २७६
सर्वेन्द्र खनाल- ५४

भानु-३ (१५७४)

डा. स्वर्णिम वाग्ले-७१६
गोविन्द भट्टराई-४१८
सर्वेन्द्र खनाल- ३५१

भानु-७ (१२८१)

डा. स्वर्णिम वाग्ले-६५५
गोविन्द भट्टराई-३१२
सर्वेन्द्र खनाल-२७०

भानु-८ (१७९४)
डा. स्वर्णिम वाग्ले- ८५६
गोविन्द भट्टराई- ४५८
सर्वेन्द्र खनाल- ४३७

भानु-१० (१७५८)
डा. स्वर्णिम वाग्ले- ८४६
गोविन्द भट्टराई- ५५१
सर्वेन्द्र खनाल- ३२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?