+
+

जिमेलमा साइबर अपराधको जोखिम, यी कुरामा ध्यान दिनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते ९:३१

विश्वमा करोडौं मानिसले दैनिक रुपमा प्रयोग गर्ने जिमेल जति सहज तथा लोकप्रिय छ उति नै साइबर हमला अर्थात् ह्याकिंगको जोखिममा पनि छ ।

जिमेल प्रयोगकर्ताको इनबक्समा अनेक खालका अपरिचित इमेलहरु आउनु सामान्य कुरा हो ।

कहिलेकाहीँ कामलाग्ने इमेलको बीचमा यस्ता इमेलहरु पनि हुन्छन् जसमा साइबर आक्रमण तथा ह्याकिंगका लागि फिसिंग तथा मालवेयर राखिएको हुन्छ । प्रयोगकर्ताहरुका लागि यस्ता इमेलको पहिचान गर्ने काम निकै कठिन हुन्छ ।

गुगलले दैनिक रद्द गर्छ १५ अर्ब इमेल

यो तथ्यांक निकै अनौठो लाग्न सक्दछ । गुगलले आफ्नो सपोर्ट पेजमा बताउ अनुसार हरेक दिन उसले १५ अर्बभन्दा धेरै अनावश्यक इमेलहरुबाट आफ्ना प्रयोगकर्तालाई बचाउँदछ ।

जिमेलले ९९ प्रतिशत भन्दा धेरै स्पाम मेलहरुलाई आफैले अस्वीकृत गर्दछ । यद्यपि यसको बाबजुत पनि साइबर ह्याकिंगको खतरा पूर्णरुपमा रोक्न सकिँदैन ।

यस्ता हानिकारक स्पाम इमेलहरुबाट बँच्नका लागि जिमेल प्रयोगकर्ताहरुले केही कुरामा ध्यान दिनुपर्दछ । गुगलले फिसिंग तथा मालवेयरयुक्त इमेलबाट बँच्नका लागि ध्यान दिनुपर्ने कुरा यस्ता छन् :

  • आफ्नो युजरनेम तथा अकाउन्टको पासवर्ड शेयर नगर्ने
  • आफ्नो सामाजिक सुरक्षा नम्बर वा नागरिकता/परिचयपत्र नम्बर जस्ता जानकारीहरू पनि शेयर गर्नु हुँदैन
  • जिमेलमा आएको कुनै पनि इमेलको जवाफमा आफ्नो बैंक अकाउनट नम्बर, पिन, क्रेडिट कार्डको विवरण, जन्ममिति जस्ता कुराहरु शेयर गर्नु हुँदैन
  • कुनै पनि अपरिचित इमेलसँग आएका अट्याचमेन्ट कहिल्यै पनि डाउनलोड गर्नु हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?