+
+

बारामा शिवचन्द्र कुशवाहको अग्रता, पछि परे उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १५:२६

११ वैशाख, बारा । बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् ।

यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् ।

पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाएका छन् ।

नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?